कोरोना महामारीको आडमा सत्ता जोगाउने खेल भयो : कांग्रेस
कांग्रेसले सस्थागत रुपमै प्रधानमन्त्रीलाई भेटेर राखेको मागको बेवास्था गरिएको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई आड लिएर सरकारले असंवैधानिक कदम चलाएको बताएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्नुभन्दा यसैको आड लिएर राजनीति गर्न खोजेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको धारणा रहेको हो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकपछि भने, “हामीले १५ बुँदे ध्यानाकर्षणमार्फत सरकारलाई जिम्मेवार बनाउने प्रयत्न गर्यौँ । तर, सरकार कोरोना संक्रमण नियन्त्रण गर्नेभन्दा त्रास फैलाएर आफ्ना असंवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको छ ।”
गत जेष्ठ ६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना नियन्त्रण गर्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पिसिआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पुर्याउने सार्थक प्रयास नगरेको कांग्रेसको आरोप छ ।
सहमहामन्त्री डा महतले सरकारले दुई दिनभित्र खाद्यान्न किनिसक्नू भनेर जनतामा त्रास फैलाउने काम गरिरहेको बताए । उनले भने, “सरकार कोरोना महामारीको आडमा सत्ता बचाउन लागेको छ ।”
बुधबार पार्टी सभापति देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।













विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया