कोरोना महामारीको आडमा सत्ता जोगाउने खेल भयो : कांग्रेस
कांग्रेसले सस्थागत रुपमै प्रधानमन्त्रीलाई भेटेर राखेको मागको बेवास्था गरिएको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई आड लिएर सरकारले असंवैधानिक कदम चलाएको बताएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्नुभन्दा यसैको आड लिएर राजनीति गर्न खोजेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको धारणा रहेको हो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकपछि भने, “हामीले १५ बुँदे ध्यानाकर्षणमार्फत सरकारलाई जिम्मेवार बनाउने प्रयत्न गर्यौँ । तर, सरकार कोरोना संक्रमण नियन्त्रण गर्नेभन्दा त्रास फैलाएर आफ्ना असंवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको छ ।”
गत जेष्ठ ६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना नियन्त्रण गर्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पिसिआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पुर्याउने सार्थक प्रयास नगरेको कांग्रेसको आरोप छ ।
सहमहामन्त्री डा महतले सरकारले दुई दिनभित्र खाद्यान्न किनिसक्नू भनेर जनतामा त्रास फैलाउने काम गरिरहेको बताए । उनले भने, “सरकार कोरोना महामारीको आडमा सत्ता बचाउन लागेको छ ।”
बुधबार पार्टी सभापति देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।


















अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया