आइतबार, वैशाख ६, २०८३

बद्धजयन्तीमा नेप्से कारोबार बन्द

मेरोन्यूज २०७८ जेठ १२ गते १२:५०

काठमाडौं । शेयर कारोबार गर्ने संस्था नेपाल स्टक एक्सचेन्ज बन्द भएकाले शेयर कारोबार बन्द आज बुधबार रहेको छ । आज बुद्द जयन्तिको सार्वजनिक विदा परेकोले शेयर कारोबार नहुने भएकाले बन्द गरेको स्टक एक्सचेञ्जले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाई गर्नुका साथै लघुवित्त शेयर खरिदमा रोक लगाएकाले शेयर बजार कता जाला भन्ने प्रश्न भोली बिहिबार मात्र थाहा हुनेछ ।

राष्ट्र बैंकको यो निर्देशनले शेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने आम चासो छ । राष्ट्र बैंकले सूचना जारी गरि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै शेयर लगानी सम्बन्धमा थप ब्यबस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको १ वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने छ ।

प्रतिक्रिया