मंगलबार, वैशाख १५, २०८३

रुपन्देहीमा २० गतेसम्म निषेधाज्ञा लम्बियो

मेरोन्यूज २०७८ जेठ १२ गते १५:५१

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ २० गतेसम्म निषेधाज्ञा लागु गर्ने भएको छ । बुधबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

Advertisement
NiccNicc

कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणमा खासै प्रभाव नदेखिएपछि आज बुधबार राति १२ बजेदेखि एक साताका लािग निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

थापाका अनुसार अघिल्लो निषेधाज्ञाको तुलनामा यसपटक अझ कडाई हुनेछ । उनले भने, ‘निषेधाज्ञा उल्लंघन गर्नेलाई निषेधाज्ञा अध्यादेश बमोजिम वर्षदिन कैद र ५ लाखसम्मको जरिवाना गरिने छ ।’

सूचना अधिकारीका अनुसार यस अवधिको निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधीलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधन सञ्चालन हुने छ । यस्तै अन्य सम्पूर्ण पसल, व्यवसाय तथा सेवाहरू बन्द हुने उनले जानकारी दिए ।

यसअघि प्रशासनले जेठ १३ गतेसम्म निषेधाज्ञा लगाएको थियो । कुनै पनि भेला तथा सम्मेलन गर्न नपाउने भएको छ ।

प्रतिक्रिया