सोमबार, वैशाख ७, २०८३

शक्तिशाली चक्रवातको प्रभाव

आजदेखि शनिबारसम्म बाढी पहिरोको जोखिम,विशेष सतर्कता अपनाउन आग्रह

मेरोन्यूज २०७८ जेठ १३ गते ७:०४

काठमाडौं । आजदेखि तीन दिनसम्म देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र यास नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर मौसममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले बुधबार एक विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।

जल तथा मौसम विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षाका साथै चट्याङ समेत पर्ने सम्भावना रहेको छ ।
उच्च बेगको हावाहुरी आउने सम्भावना समेत सो स्थानमा रहेको छ । कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली तथा उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया