शक्तिशाली चक्रवातको प्रभाव
आजदेखि शनिबारसम्म बाढी पहिरोको जोखिम,विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । आजदेखि तीन दिनसम्म देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।
पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र यास नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर मौसममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले बुधबार एक विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।
जल तथा मौसम विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षाका साथै चट्याङ समेत पर्ने सम्भावना रहेको छ ।
उच्च बेगको हावाहुरी आउने सम्भावना समेत सो स्थानमा रहेको छ । कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली तथा उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने बताइएको छ ।

















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया