सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरूद्धका १९ रिटमाथि सुनुवाइ आज
११ रिटमाथि भोलि

काठमाडौं । संसद विघटनविरूद्ध सर्वोच्च अदालतमा परेका ३० रिटमध्ये १९ रिट माथि आज सुनुवाइ हुने भएको छ । प्रधामन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न र सदन पुनर्स्थापनाका लागि सर्वोच्चमा परमादेश माग गरिएका १९ रिटको सुनुवाइ आज हुने भएको छ । भने सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने शुक्रबार सुनुवाइ हुने छ ।
सोमबार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, मध्यावधि चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको थियो ।
रिटमा विपक्षी गठबन्धनका १ सय ४६ सांसदको हस्ताक्षर गरेका थिए । गत शुक्रबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणापछि ५ दलको विपक्षी गठबन्धन सर्वोच्च गएको हो ।
यसअघि गत ५ पुसमा समेत प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेकै दिन राष्ट्रपति भण्डारीले बैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेकी थिइन् । दुई महिनापछि सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटनलाई असंवैधानिक ठहर्याउँदै पुनःस्थापना गरिदिएको थियो ।















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया