प्रतिनिधीसभा विघटनमा अधिवक्ता ओलीले उठाए अदालतमा ५ प्रश्न

काठमाडौं । प्रतिनिधीसभा विघटनका विरुद्द रिट लिएर अदालतमा पुगेका अधिवक्ता लोकेन्द्र ओलीले अदालत सामु ५ प्रश्न उठाएका छन् । प्रधानन्यायधिस चोलेन्द्र सम्शेर राणाको एकल इजालसमा विहिवार बहस गरेका ओलीले विगतमा सम्वैधानिक इजालसले गरेको निर्णय समेत कार्यान्वयन नभएकोले यसपटक यो मुद्दा सर्वाेच्चको बृहत पूर्ण इजालसमा लगेर सुनुवाई गरेर छिनोफानो लगाउन माग गरेका छन् ।
अधिवक्ता ओलीले अदालतमा ५ तर्क अगाडी सारेका छन् । उनले अदालतमा गरेको वहसमा प्रधानमन्त्री निर्वाचित गर्ने र पदमुक्त गर्ने बैधानिक अंग प्रतिनिधीसभा रहेकोले त्यहा प्रवेश नै नगराईएकोले यसलाई प्रथम दृष्टिमै खारेज गर्न माग गरेका हुन् । उनले बहसका क्रममा उठाएका ५ प्रश्न यस्ता थिए :-
१) प्रधानमन्त्री निर्वाचित र पदमुक्त हुने वैधानिक अङ्ग प्रतिनिधिसभाबाट हो, त्यहाँ प्रवेश नै नगरेको हुँदा प्रथम दृष्टि मै संविधान विपरीत छ
२) प्रधानमन्त्री वा मन्त्रिपरिषद्लाई नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन सिफारिस गर्ने र राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने अधिकार छैन, संविधानले दिएको छैन ।
३) ११ फागुनको पुनस्र्थापना गर्न दिएको आदेशको पूर्णपाठ आएको छैन, त्यो आदेशको पनि मन्त्रिपरिषद् र राष्ट्रपतिले उल्लङ्घन गरे ।
४) संविधानले प्रधानमन्त्री नियुक्ति हुने गरेको व्यवस्थाबमोजिम सिलसिलाबद्ध प्रवेश गर्नुपर्नेमा त्यो नगरेको यी कारणले बदर हुनुपर्छ ।
५) विगतमा संवैधानिक इजलासको आदेश पालना नगरेको हुदा बृहत पूर्ण इजलासबाट सुनुवाइ गरी पाउ भन्ने मुख्य माग थियोे ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया