बिहीबार, वैशाख ३, २०८३

इरानमा पक्राउ परेका अमृत झा रिहा

मेरोन्यूज २०८३ वैशाख २ गते २२:०२

काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो ।उनी इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शीसिर खनालले जनाएका छन्। उनलाई इरानबाट बाहिर ल्याउने काम भइरहेको पनि मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए ।

उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया