पर्वतमा एन्टिजेन कीटको अभाव

पर्वत । गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एन्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसङ्ख्यालाई पुग्ने एन्टिजेन कीट माग गरेको बताएका छन् ।
करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४६÷४७ प्रतिशतमा कोभिड देखिएको बताउँदै स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले संक्रमण स्थिति हेर्दा कम्तीमा ५० हजार कीट चाहिएको बताउनुभयो । केही दिन पहिले ३५० कीट मात्रै आएको र केही क्षणमै सकिएको भण्डारीको भनाइ छ ।
स्वास्थ्य कार्यालयमा प्राप्त सबै कीट जिल्लाका सातवटा पालिकालाई ५० का दरले वितरण गरिसकिएको छ । पिसिआर मेसिन र जनशक्ति नभएका कारण स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ । पठाइएका स्वाबको नतिजा समयमै नआउँदा लामो समय लकडाउन हुँदा पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख डा भोजराज गौतमले बताए । एन्टिजेन कीटमार्फत गरिएको परीक्षण पिसिआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमले सुझाव दिए ।
पालिकाहरुले पनि पिसिआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । सबैतिर स्थिति जटिल बन्दै गएको भन्दै प्रदेश र केन्द्र सरकार पन्छिँदै गएको आरोप जनप्रतिनिधिको छ ।रासस
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया