मंगलबार, वैशाख १५, २०८३

स्वास्थ्य मन्त्रालयको तर्फबाट सीसीएमसीमा डा सिंहलाई जिम्मेवारी

मेरोन्यूज २०७८ जेठ १३ गते १६:३८
dav

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केही दिनअघि बसेको बैठकले विभागका महानिर्देशक डा सिंहलाई सीसीएमसीको जिम्मेवारी दिने निर्णय गरेको हो।

Advertisement
NiccNicc

मन्त्रालयका सहसचिव दामोदर रेग्मीले सीसीएमसीमा प्रतिनिधित्व गरेपनि उनले नै विभागको जिम्मेवारी निर्वाह गर्ने जानकारी दिए । यसअघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधित्व गरेका थिए।

डा सिंह मन्त्रालयका १२ औँ तहका अधिकारी हुन्। सरकारले ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य सेवाका १२ औँ तहको अधिकृत सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया