शुक्रबार, फागुन १५, २०८२

किराना पसल बन्द गर्ने निर्णयप्रति चेम्वर अफ कमर्सको आपत्ति

मेरोन्यूज २०७८ जेठ १३ गते १८:५८

काठमाडौँ । नेपाल सरकारले भोलिदेखि पसलहरुमा गर्ने कडाईप्रति चेम्बर अफ कमर्शले आपत्ति जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

चेम्बरले आज बिहिबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट, नयाँ भेरियण्टको कोभिड(१९ महामारीको संक्रमण तीव्र रुपमा वढी रहेको हुंदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको सूचनाले सबैमा त्रास परेको जनाएको छ ।

सरकारको किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का पर्ने तथा किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिदा सबै चेपुवामा पर्ने उल्लेख गरेको छ ।

यस्तै अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाई सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष चेम्वर अफ कमर्सले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

उपत्यकामा खाद्य पसल खुल्ने

प्रतिक्रिया