आजको राशिफल : ज्येष्ठ १४ गते शुक्रबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १४ गते शुक्रबार, ज्येष्ठ कृष्णपक्षको द्वितीया तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
मेहनत र पराक्रमी स्वाभाव हुने छ । बोली प्रभाव बढ्न पुग्ने छ । भाग्यको साथ रहेकाले सुखको अनुभूति हुने छ । महिलाको परिवारमा पुरुष तथा पुरुषको परिवारमा महिला तपाईबाट अलि पीडित महशुस गर्ने भएकाले आफ्नो व्यवहारका बारेमा समीक्षा गरि ध्यान दिनु होला । पानीजन्य कारोवार, आयात निर्यात, औषधीको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।
वृष
उदासिनता बढ्न जाने हुँदा जीवनप्रति सकारात्मक भन्दा नकारात्मक धारणाले पेल्ने छ । मनमा निराशाको मात्रा धेरै बढ्न जाने छ । आत्माबल बलियो हुने भएकाले र भाग्यको साथ रहेकाले आत्तिई हाल्नु पर्ने अवस्था भने छैन् । बोलीमा रुखोपना देखा पर्ने भएकाले बोल्दा संयमित रहनु होला । दाम्पत्य जीवनमा कटुता देखा पर्ने भएकाले विचार गर्नु होला । दैनिक उपभोग्य सामानको कारोवार, किराना पसल, आइसक्रिम, चिसो पेय पदार्थको कारोवार, आयात निर्यातमा रहेकाहरुले नोक्सानी व्योहर्नु पर्नेछ ।
मिथुन
असाध्यै कडा खाले ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यानु पर्ने देखिन्छ । जीवनसाथीको परामर्शमा काम गरेमा फाइदा मिल्ने छ । भाग्यको साथ नरहेकाले कार्य सम्पादनमा ढिलाई हुन पुग्ने छ । परिवारका सदस्यहरुको आड भरोसा रहने भएकाले कठिनाईको क्षणमा अघि बढ्न निकै मद्दत पुग्ने छ । बाध्यातावश छोटो यात्रामा निस्कनु पर्ने अवस्था आइ पर्नेछ । सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, हार्डवेयरको ब्यापार, श्रम क्षेत्र, छालाजन्य कारोवारको ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।
कर्कट
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । पेट, ग्याष्ट्रिक सम्बन्धि समस्याले च्याप्ने छ । रोजगारी तथा पेशा व्यवसायमा गम्भीरखाले समस्या पैदा हुने छन् । मनोबलको कमि हुन जाने छ । रोजगारी गुम्नेसम्मको अवस्था आउने भएकाले सतर्कता अपनाएर कदम चाल्नु होला । भुत प्रेत तथा मानसिक रुपमा दबाद सृजना हुन पुग्ने छ । मनमा दोहोरो विचारले गर्दा निर्णय क्षमतामा गिरावट आउने छ । जीवनसाथिको साथले गर्दा अवस्था नियन्त्रित हुने छ ।
सिंह
समय सकारात्मक रहेको छ । पेशागत जीवनमा पनि सन्तोषजनक अवस्था छ । आफ्नो कामको अफिसियल रुपमा कदर हुने छ । प्रतिष्पर्धी स्वाभाव बलियो हुने भएकाले शत्रु नाश हुने छन् । भाग्यका बलियो साथका कारण लिएका लक्ष्य पुरा हुने तर्फ आधार तयार हुने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । बिरोधीहरुले पेल्न सक्ने छैनन् ।
कन्या
समय अलि नकारात्मक तर्फ ढल्केकाले संयमित भएर नै पाइला चाल्नु होला । पेशागत जीवनमा अनावश्यक विषयको उल्झनमा फस्न पुगिने छ । जसले गर्दा तनावको सामना गर्नु पर्ने छ । अध्ययन अध्यापनमा हल्का प्रगति उन्मुख हुने छ । आम्दानीमा भने खास असर पर्ने छैन् । परिवारका सदस्यहरुको साथले गर्दा विपरित परिस्थितिमा पनि आड भरोसा मिल्ने भएकाले परिवारको साथ लिएर अघि बढ्दा उपयुक्त हुने छ ।
तुला
समय सतर्कतासहित पाइला चाल्नु पर्ने भएकाले सोही अनुसार संयमित रहनु होला । परिवारमा कलह मच्चिने छ । भाग्यको साथ नरहेकाले काममा बिलम्ब हुने छ । कार्यालयमा आफ्नो हाकिमसँगको सम्बन्धमा कटुता आउने भएकाले उच्च सतर्कतासहित काम गर्नुहोला । आम्दानीका विषयमा चिन्ता उत्पन्न हुन जाने छ । आफू भन्दा निम्न दर्जामा कार्यरत कर्मचारी वा स्टाफको साथले केही राहत मिल्ने छ ।
वृश्चिक
शारीरिक थकान र मनोबलको कमि हुने भएकाले शारीरिक अभ्यासमा ध्यान दिनु होला । जीवनलाई उत्साहपूर्ण तरीकाले भन्दा अलि निराशाजनक तबरको दृष्टिकोणले सताउने छ । निराशाजनक भावले सताउने छ । मानसिक रुपमा दबाबपूर्ण चिन्तन आउने भएकाले धार्मिक आध्यात्मिक विषयमा संलग्न हुँदा उपयुक्त हुने छ । बोलीमा भने मधुरता आउने छ । परिवारिक सम्पत्ति वा पूर्व संचित धनले मनमा केही भरोसा प्राप्त हुने छ ।
धनु
परिवारमा मिलन हुने छ । प्रतिष्पर्धात्मक स्वाभावले गर्दा प्रतिकुलतासँग पनि जुध्न सक्ने शक्ति प्राप्त हुने छ । सितल खालको ब्यक्तित्व बन्ने हुँदा अरुले पनि नरम महशुस गर्ने छन् । तर मन बढी चञ्चल हुने भएकाले अस्थिरता उत्पन्न हुने छ । दाम्पत्य जीवनमा बादबिबाद आउने छ । त्यसैगरी साझेदारीका कामहरुमा पनि कटुतापूर्ण तनाव आउने भएकाले यसबारेमा धैर्यतासाथ काम लिनु होला । जोखिम मोल्ने बेला छैन् ।
मकर
कसैसँग पनि डर नमान्ने स्वाभावमा बृद्धि हुने छ । शुरो खालको ब्यक्तित्व हुने छ । तर अलि बढी घमण्डी जस्तो देखिने भएकाले यसबारेमा विचार गर्नु होला । रिस नियन्त्रणमा ध्यान दिनु होला । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले कठिनाईमा पनि नहडबडिने पना कायम रहने छ । कुटनीतिक क्षेत्र, अनुसन्धान, औषधिको कारोवार, परामर्शदाता आदीमा संलग्नहरुलाई फाईदा मिल्ने समय जागृत छ ।
कुम्भ
भाग्यको साथ रहेकाले भित्रि बुद्धिमा सक्रियता बढ्न पुग्दा चलाखीपूर्ण तरीकाले कार्यसम्पदान हुन पुग्ने छन् । पेशागत जीवनमा प्रगति हुने छ । सबैको कल्याण र भलो चाहने ब्यक्तित्व हुने छ । अरुलाई सहयोग गर्दा मनमा आनन्द लाग्ने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । स्वास्थ्य क्षेत्रको ब्यापार, अस्पताल संचालन, औषधीको कारोवार, अस्पतालको आपूर्ति गर्नेहरुलाई फाईदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिने छन् ।
मीन
ब्यक्तितवमा गिरावट आउने छ भने आफुले बुझेका विषयहरुले पनि खास काम दिएन जस्तो लागि रहने छ । मनमा सन्तोष हुने छैन् । जीवनसाथिको सल्लाह वा परामर्शसहित काम गरेमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । सन्तानको साथ मिल्ने छ । अनावश्यक क्षेत्रमा पराक्रमी र मेहनत गर्न मन लाग्ने बनाई दिने समय सक्रिय रहेकाले कार्य आरम्भ गर्नु पूर्व निकै विचार गरेर मात्र कार्य प्रारम्भ गर्नु होला । राजगारी गरिरहेकाहरुलाई समय शुभ छ भने ब्यापारमा रहेकाहरुलाई समय अलि प्रतिकुल छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया