२६० थान भेन्टिलेटर र स्वास्थ्य सामाग्रीसहित बेलायती जहाज आइपुग्यो
मेरोन्यूज
२०७८ जेठ १४ गते ११:५५

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बेलायत सरकारले विभिन्न स्वास्थ्य सामग्रीसहित जहाज पठाएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाज आइपुगेलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी थिइन् ।
स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए । यस्तै, राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन् ।
बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर र १९ हजार २ सय आई प्रोटेक्टरसहित नेपाल मेड युकेले पठाएको अक्सिजन कन्सन्ट्रेटरसमेत ल्याइदिएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया