अस्ट्रेलियाका २७ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट फेला परेको समाचारमा जनाइएको छ । बी.१.६१७ नाम गरिएको कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कडा लकडाउन गर्ने घोषणा गरेको छ ।
गत मंगलबार कोरोनाको नयाँ भेरियन्ट २७ जनामा पुष्टि भएको हो । संक्रमित एक जनालाई भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएको समाचारमा जनाइएको छ । यी २७ जनासँग १० हजारभन्दा बढी मानिस सम्पर्कमा आएको भन्दै अस्ट्रेलियन सरकारले कडा लकडाउन गर्ने निर्णय गरेको हो ।
राज्य सरकारका अनुसार पछिल्लो दिनमा अस्ट्रेलियामा सबैभन्दा बढी भिक्टोरियामा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । लकडाउनको समयमा कोही व्यक्तिलाई आवश्यक पर्ने सामान खरिद गर्नका लागि घरबाट ५ किलोमिटरभन्दा टाढा जान नपाउने भएका छन् ।
सरकारले सबै नागरिकलाई अनिवार्य रूपमा मास्क लगाउन अनुरोध गरेको छ । सबै शैक्षिक संस्था बन्द भएको समाचार जनाइएको छ । भिक्टोरिया राज्यसँग सीमा जोडिएको सबै राज्यले पूर्ण रूपमा सीमा बन्द गरेका छन् । भिक्टोरियाबाट अन्य राज्यमा गए जोकोहीले एक हप्तासम्म क्वारेन्टिनमा बस्नु पर्ने समाचारमा जनाइएको छ । एजेन्सी
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया