खाडीमा पुगेकाले गाँस काटेर अक्सिजन सिलिण्डर पठाए : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ जेठ १४ गते १६:१५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा खाडी मुलुकमा गएका नेपालीले आफ्नो गाँस काटेर कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न अक्सिजनको सिलिण्डर पठाएको भन्दै आभार व्यक्त गरे । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सम्बोधनमा बोल्दै उनले खाडी मुलुकमा पुगेका सबैलाई धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा देखिएको कोरोना नियन्त्रण गर्न सहयोग गर्ने विभिन्न मूलक तथा संघसंस्थालाई धन्यवाद दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया