आँबुखैरेनीमा बालसुधारगृह निर्माण गरिने
मेरोन्यूज
२०७८ जेठ १५ गते १८:०५

दमौली । सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।
ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गरेकी थिइन् ।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ । ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनीमा बालसुधार गृह निर्माण गर्ने सरकारको निर्णयप्रति धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया