मंगलबार, चैत ५, २०८१

आजको राशिफलः ज्येष्ठ १६ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ १६ गते ६:१८

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १६ गते आइतबार, ज्येष्ठ चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । पेशागत जीवनमा केही नसोचिएका समस्याहरु देखा पर्ने र त्यसले मनमा तनाव सृजना गरिदिने । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । अध्ययन अध्यापन, शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालयमा सक्रियहरुलाई फाईदा मिल्ने छ । अनुसन्धान, कुटनीति तथा गुप्तचरी पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले सतर्क रहनु होला ।

वृष
आत्माबलले भरिएको स्वाभिमानी ब्यक्तित्व हुन जाने भएकाले कसैसँग नझुक्ने खालको स्वाभाव बन्न जाने छ । तर रिस पनि ह्वात्तै बढ्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनबाट सन्तोष मिल्ने छ । पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तिक्ता देखा पर्ने छ । ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैसीपालन, उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन आदीमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।

मिथुन
मनमा सकारात्मक भन्दा नकारात्मक विचार एक पछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ । तर मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । मनमा उदासिनताको मात्रा धेरै नै बढ्न जाने छ । प्रशासन, न्याय क्षेत्र, उद्योग कलकारखाना, राजनीति, ठेक्कापट्टा, श्रम क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल देखिँदैन् ।

कर्कट
भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा कार्य सम्पादन निकै ढिलो गरि हुने छ । पेशागत जीवन तथा ब्यवसायमा अबरोधहरु धेरै देखिने छ । साझेदारीमा गरिएका काममा पनि गम्भीरखाले समस्याहरु आउने छन् । दाम्पत्य जीवनमा पनि झैझगडा देखा पर्नै छ । अध्ययन अध्यापनमा रुचि कम हुने छ । लेखन, अध्ययन अध्यापन, स्टेशनरी, शिक्षा क्षेत्र, प्रेस जगत आदीमा संलग्नहरुलाई समय धैर्य भएर कदम अगाडि बढाउनु पर्ने खालको छ ।

सिंह
मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुन पुग्ने छ । मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै कमि ल्याउने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले धेरै हडबडाउनु पर्ने क्षण भने आउने छैन् । ब्यवस्थापन, पत्रकारिता, संचारकर्मी, बजारीकरण, ब्यापार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाईहरु देखा पर्न जाने छ ।

कन्या
साझेदारीका कामहरुमा मतभेद देखा पर्ने छ । आम्दानीमा भने बृद्धि हुने छ । पेशागत जीवनमा स–साना समस्यासँग जुध्दै अघि बढ्नु पर्ने हुने छ । खासगरी पेशागत जीवनका सहकर्मीहरुसँग भनाभन र झैझगडा नै हुने खालको समय सक्रिय रहेकाले उच्च संयमित हुनु होला । अस्पतालमा सामानको आपूर्ति, औषधिको कारोवार, सजावटका सामान आदी जस्ता क्षेत्रमा संलग्न रहेकाहरुलाई फाइदा मिल्ने छ ।

तुला
आत्माबलमा कमि आउँदा मनमा डर लागे जस्तो हुने । समय अलि प्रतिकुलतर्फ मोडिएकाले संयमित भएर पाइला चाल्नु होला । आम्दानीमा कमि आउँदा आर्थिक जीवनमा परिवर्तन आउँदा त्यसको असन्तुलनले आफ्नै जीवनप्रति नकारात्मक भावना बढाउन जाने छ । यसअघि आफैले कमाएर राखेको पैसा एवं पैतृक सम्पत्ति वा विरासतले असहज अवस्थालाई सम्बोधन गर्न निकै मद्दत पु¥याउने छ । संचारकर्मी, स्टेशनरी, राजनीति, बजार ब्यवस्थापन, लेखन, पत्रकारिता जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

वृश्चिक
उत्साहमा कमि आउने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र मनमा मनोबलको कमि हुन जाँदा कमजोर ब्यक्तित्व हुन पुग्ने छ । भाग्यको साथ कम हुने भएकाले अनावश्यक क्षेत्रमा मेहनत गर्न पुग्दा उक्त मेहनत खेर जाने अवस्था आउने भएकाले विचार गरेर मात्र मेहनत बढाउनु होला । मनमा निराशाजनक भावले सताउने थाल्ने छ । होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सामानका कारोवार, घर जग्गाको कारोवार, व्युटि पार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

धनु
प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने भएकाले अप्ठ्यारो परिस्थितिमा पनि धैर्य भएर सामना गर्ने तागत भने प्राप्त हुने छ । औसतमा बोलीमा सितलता देखा परेता पनि बेला–बेला बोलीमा अनपेक्षित कडापन देखिन पुग्दा विषयवस्तु बिग्रन जाने भएकाले सतर्कता अपनाउनु होला । पेशागत जीवनमा पनि बादबिबाद वा द्वन्द देखा पर्न जाने भएकाले यसबारे ध्यान दिनु होला । ब्यापार विजनेश गरिरहेकाहरुलाई समय प्रतिकुल बन्न पुगेको छ भने रोजगारीमा रहेकाहरुलाई समय शुभ नै हुनेछ ।

मकर
प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नझुक्ने बानी सक्रिय हुने छ । कडा खाले ब्यक्तित्व हुन पुग्ने छ । ब्यक्तित्व र आफ्नो मनका बीच तालमेल नमिल्दा असामञ्जस्य हुन पुग्ने छ । त्यसले आफ्नो स्वाभाव र मन भित्रको विचारका बीच तालमेल ल्याउने प्रयास गर्नु होला । पारीवारिक जीवनमा केही कटुता पैदा हुने छ । ब्यवस्थापक, स्टेसनरीको ब्यापार, शिक्षा क्षेत्र, ब्यवस्थापन, नेतृत्व जस्ता पेशा ब्यवसायमा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले संयमित रहनु होला ।

कुम्भ
पेशागत जीवनमा निराशाजनक विचार मनमा आउने भएकाले संहालिँदै अघि बढ्नु पर्ने समय छ । सामाजिक जीवनमा राम्रो काम गरे पनि उचित मुल्यांकन हुने छैन् । मनमा निराशाको भाव बढ्न जाने भएकाले उत्साहको कमि हुने छ । लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहेको छ । आम्दानीमा केही बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन जाने छ ।

मीन
भाग्यको साथ कम भएकाले कर्मफल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्यतापूर्वक पाईला भने चाल्दै रहनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा केही सफलता प्राप्त हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने समय छ । जसरी पनि कमाई गर्नु पर्दछ भन्ने विचारले प्रश्रय पाउने छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुनेछ । ब्यवसायिक जीवनमा जोखिमपूर्ण समय सक्रिय रहेकाले थप लगानीका विषयमा धेरै उत्साही हुने अवस्था देखिँदैन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया