आजको राशिफलः ज्येष्ठ १६ गते आइतबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १६ गते आइतबार, ज्येष्ठ चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । पेशागत जीवनमा केही नसोचिएका समस्याहरु देखा पर्ने र त्यसले मनमा तनाव सृजना गरिदिने । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । अध्ययन अध्यापन, शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालयमा सक्रियहरुलाई फाईदा मिल्ने छ । अनुसन्धान, कुटनीति तथा गुप्तचरी पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले सतर्क रहनु होला ।
वृष
आत्माबलले भरिएको स्वाभिमानी ब्यक्तित्व हुन जाने भएकाले कसैसँग नझुक्ने खालको स्वाभाव बन्न जाने छ । तर रिस पनि ह्वात्तै बढ्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनबाट सन्तोष मिल्ने छ । पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तिक्ता देखा पर्ने छ । ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैसीपालन, उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन आदीमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।
मिथुन
मनमा सकारात्मक भन्दा नकारात्मक विचार एक पछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ । तर मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । मनमा उदासिनताको मात्रा धेरै नै बढ्न जाने छ । प्रशासन, न्याय क्षेत्र, उद्योग कलकारखाना, राजनीति, ठेक्कापट्टा, श्रम क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल देखिँदैन् ।
कर्कट
भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा कार्य सम्पादन निकै ढिलो गरि हुने छ । पेशागत जीवन तथा ब्यवसायमा अबरोधहरु धेरै देखिने छ । साझेदारीमा गरिएका काममा पनि गम्भीरखाले समस्याहरु आउने छन् । दाम्पत्य जीवनमा पनि झैझगडा देखा पर्नै छ । अध्ययन अध्यापनमा रुचि कम हुने छ । लेखन, अध्ययन अध्यापन, स्टेशनरी, शिक्षा क्षेत्र, प्रेस जगत आदीमा संलग्नहरुलाई समय धैर्य भएर कदम अगाडि बढाउनु पर्ने खालको छ ।
सिंह
मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुन पुग्ने छ । मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै कमि ल्याउने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले धेरै हडबडाउनु पर्ने क्षण भने आउने छैन् । ब्यवस्थापन, पत्रकारिता, संचारकर्मी, बजारीकरण, ब्यापार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाईहरु देखा पर्न जाने छ ।
कन्या
साझेदारीका कामहरुमा मतभेद देखा पर्ने छ । आम्दानीमा भने बृद्धि हुने छ । पेशागत जीवनमा स–साना समस्यासँग जुध्दै अघि बढ्नु पर्ने हुने छ । खासगरी पेशागत जीवनका सहकर्मीहरुसँग भनाभन र झैझगडा नै हुने खालको समय सक्रिय रहेकाले उच्च संयमित हुनु होला । अस्पतालमा सामानको आपूर्ति, औषधिको कारोवार, सजावटका सामान आदी जस्ता क्षेत्रमा संलग्न रहेकाहरुलाई फाइदा मिल्ने छ ।
तुला
आत्माबलमा कमि आउँदा मनमा डर लागे जस्तो हुने । समय अलि प्रतिकुलतर्फ मोडिएकाले संयमित भएर पाइला चाल्नु होला । आम्दानीमा कमि आउँदा आर्थिक जीवनमा परिवर्तन आउँदा त्यसको असन्तुलनले आफ्नै जीवनप्रति नकारात्मक भावना बढाउन जाने छ । यसअघि आफैले कमाएर राखेको पैसा एवं पैतृक सम्पत्ति वा विरासतले असहज अवस्थालाई सम्बोधन गर्न निकै मद्दत पु¥याउने छ । संचारकर्मी, स्टेशनरी, राजनीति, बजार ब्यवस्थापन, लेखन, पत्रकारिता जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।
वृश्चिक
उत्साहमा कमि आउने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र मनमा मनोबलको कमि हुन जाँदा कमजोर ब्यक्तित्व हुन पुग्ने छ । भाग्यको साथ कम हुने भएकाले अनावश्यक क्षेत्रमा मेहनत गर्न पुग्दा उक्त मेहनत खेर जाने अवस्था आउने भएकाले विचार गरेर मात्र मेहनत बढाउनु होला । मनमा निराशाजनक भावले सताउने थाल्ने छ । होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सामानका कारोवार, घर जग्गाको कारोवार, व्युटि पार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।
धनु
प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने भएकाले अप्ठ्यारो परिस्थितिमा पनि धैर्य भएर सामना गर्ने तागत भने प्राप्त हुने छ । औसतमा बोलीमा सितलता देखा परेता पनि बेला–बेला बोलीमा अनपेक्षित कडापन देखिन पुग्दा विषयवस्तु बिग्रन जाने भएकाले सतर्कता अपनाउनु होला । पेशागत जीवनमा पनि बादबिबाद वा द्वन्द देखा पर्न जाने भएकाले यसबारे ध्यान दिनु होला । ब्यापार विजनेश गरिरहेकाहरुलाई समय प्रतिकुल बन्न पुगेको छ भने रोजगारीमा रहेकाहरुलाई समय शुभ नै हुनेछ ।
मकर
प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नझुक्ने बानी सक्रिय हुने छ । कडा खाले ब्यक्तित्व हुन पुग्ने छ । ब्यक्तित्व र आफ्नो मनका बीच तालमेल नमिल्दा असामञ्जस्य हुन पुग्ने छ । त्यसले आफ्नो स्वाभाव र मन भित्रको विचारका बीच तालमेल ल्याउने प्रयास गर्नु होला । पारीवारिक जीवनमा केही कटुता पैदा हुने छ । ब्यवस्थापक, स्टेसनरीको ब्यापार, शिक्षा क्षेत्र, ब्यवस्थापन, नेतृत्व जस्ता पेशा ब्यवसायमा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले संयमित रहनु होला ।
कुम्भ
पेशागत जीवनमा निराशाजनक विचार मनमा आउने भएकाले संहालिँदै अघि बढ्नु पर्ने समय छ । सामाजिक जीवनमा राम्रो काम गरे पनि उचित मुल्यांकन हुने छैन् । मनमा निराशाको भाव बढ्न जाने भएकाले उत्साहको कमि हुने छ । लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहेको छ । आम्दानीमा केही बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन जाने छ ।
मीन
भाग्यको साथ कम भएकाले कर्मफल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्यतापूर्वक पाईला भने चाल्दै रहनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा केही सफलता प्राप्त हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने समय छ । जसरी पनि कमाई गर्नु पर्दछ भन्ने विचारले प्रश्रय पाउने छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुनेछ । ब्यवसायिक जीवनमा जोखिमपूर्ण समय सक्रिय रहेकाले थप लगानीका विषयमा धेरै उत्साही हुने अवस्था देखिँदैन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया