आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
मेरोन्यूज
२०८३ वैशाख २५ गते १९:५५

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध रु चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा आशिंक सफाई दिएको थियो । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको छ ।
विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, थप कारवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिए ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया