बजेट भाषण
हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

सिमकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने जानकारी दिएका हुन् ।
नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन ।
यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ । यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ ।
हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ ।
मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने जनाइएको छ ।


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया