पहिरोले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गएराति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ ।
अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौ बाली बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौ बालीमा पूर्णरुपमा क्षति पुर्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।
वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिंचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ । पहिरोले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् ।
बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिरोले बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।
वर्षा नरोकिए पहिरो पुनः जाने सम्भावना बढेको छ । २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिए ।
उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिए पहिरो गएर घर बगाउने जोखिम रहेको शाहीको भनाइ छ ।
पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ ।


















बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया