प्रधानमन्त्रीको गृह जिल्लालाई सवा ७ अर्ब विनियोजन, शीर्ष नेताको गृह जिल्लामा कति विनियोजित ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८–७९ का लागि सरकारले जेठ १५ गते शनिबार बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षका लागि कूल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरी प्रस्तुत गरेका हुन् ।
बजेट विनियोजनमा केन्द्र सरकारले हरेक जिल्लालाई आर्थिक सहयोग गर्ने भएको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ । केन्द्र सरकारले स्थानीय तहलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये प्रधानमन्त्री ओलीको गृह जिल्लालाई उक्त रकम पठाउने भएको हो ।

यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसको गृह जिल्ला डडेलधुरामा २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो तुलनात्मक अन्य जिल्लाको भन्दा कम हो ।

तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा लागि ४ अर्ब ३० करोड ७ लाख, नेकपा एमालेबाट निष्कासनमा परेका नेता माधव नेपालको गृह जिल्लाका लागि ६ अर्ब १ करोड २५ लाख, अर्थमन्त्री विष्णु पौडेललको गृह जिल्ला रुपन्देहीका लागि ६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ विनियोजन भएको छ ।



यसैगरी, नेकपा एमालेबाट नै निष्कासनमा परेका नेता झलनाथ खनालको गृह जिल्ला इलामका लागि ३ अर्ब ९५ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको छ ।

कुन स्थानिय तहमा कति हेर्नुहोस्:-


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया