यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ३एस शोरूम ‘व्हिलिश ग्यालोर प्रा.लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ।
यामाहा नेपालको यस १०३औं शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, तथा एमएडब्लू राइड्स प्रा.लि. का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको एक भावनात्मक क्षणका रूपमा ‘व्हिलिश ग्यालोर प्रा.लि.’ का सञ्चालक भुवेश खड्का आफ्ना १०६ वर्षीय हजुरबुवासहित उपस्थित थिए, जसले समारोहलाई अझ विशेष बनाएको थियो।
नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ। दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रा.लि. ले ग्राहकहरूलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, ‘बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ।’
बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ।
एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यसलाई देशकै एक विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको छ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया