पहिरोका कारण संक्रमितलाई लिन गएको टोली रोकियो
स्याङ्जा । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका १४ स्थित पानी ट्यांकीमा सडकमाथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् । हुलकाङस्थित फूलबारीमा कोरोना संक्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पुर्याउनका लागि लिन गएका वालिङ ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।
वालिङ १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम)ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिए ।
लगातार परेको वर्षाले जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् ।
प्रतिक्रिया