कोरोनाबाट त्रिविका ११ जना प्राध्यापकसहित २३ जनाको निधन
मेरोन्यूज
२०७८ जेठ १६ गते १७:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट त्रिभुवन विश्वविद्यालयमा कार्यरत २३ जना कर्मचारीको निधन भएको छ । जसमा दुई जना सहप्राध्यापक र २१ जना कर्मचारी रहेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै त्रिविले कोरोनाबाट २३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक रहेका छन् ।
यस्तै एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगी रहेका छन् ।
कोरोनाबाट निधन भएका प्राध्यापक, शिक्षक र कर्मचारीहरू विश्वविद्यालयका विभिन्न क्याम्पसमा कार्यरत थिए । साथै कोरोनाका कारण रोकिएका परीक्षाहरू छिटै सञ्चालन गर्न गृहकार्य भइरहेको विश्वविद्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया