पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने तयारी थाल्याे

सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाले ‘पत्रकार आपत्कालीन राहतकोष’ स्थापना गर्ने भएको छ । आइतबार बसेको महासङ्घको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष नूतन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विभिन्न समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुने राहतकोष सञ्चालनका लागि निर्माण गरिएको कार्यविधिसमेत सोही बैठकले अनुमोदन गरेको छ । पत्रकार महासङ्घको साधारण सदस्य रहेकालाई उक्त कार्यविधिले समेट्ने बताइएको छ ।
पत्रकार महासङ्घको सदस्य भई कुनै पनि सञ्चारगृहमा काम गर्ने सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भई अस्पताल लैजानुपरेको अवस्थामा सहयोग गर्नसकिने कार्यविधिमा उल्लेख छ ।
यस्तै अङ्गभङ्ग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण मृत्यु भएमा, पत्रकारको परिवार बिरामी भएमा र कुनै आगलागी तथा प्राकृतिक प्रकोपमा परेको अवस्थामा पत्रकारलाई आवश्यक सामग्री खरिद गर्नुपरेमा पनि उक्त कोषबाट सहयोग रकम उपलब्ध गराउन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अहिले महासङ्घको नाममा बैंकमा भएको रु एक लाख ११ हजार १११ उक्त कोषमा जम्मा गरिने बताइएको छ । पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउनका लागि उक्त कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सहयोगका लागि आह्वानसमेत गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस्तै जिल्ला शाखाको हालसम्म भवन तथा जग्गासमेत नभएकाले अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको सचिव दिलबहादुर राईले जानकारी दिए । यस्तै पत्रकार महासङ्घको निर्वाचनका बेला मात्रै पत्रकारको खोजी गर्ने र गैरपत्रकारसमेत सदस्य रहन सक्ने भएकाले विवरणसमेत अद्यावधिक गर्ने निर्णय गरिएको छ ।
पत्रकारितालाई व्यावसायिक बनाउँदै पत्रकारको क्षमता वृद्धिका लागि स्थानीय सरकारसहित अन्य दातृ निकायसँग समन्वय गरिने अध्यक्ष श्रेष्ठले बताए ।


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया