कोरोनाबिरुद्धको ८ लाख खोप लिन आज नेपाली विमान चीन जाँदै

काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज चीनले अनुदानमा दिने घोषणा गरेको कोभिडबिरुद्धको खोप लिन आज बेइजिङ आज जादै छ । चीन सरकारले अनुदानमा दिन लागेको कोभिडबिरुद्धको १० लाख खोपमध्ये ८ लाख खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ आज राति ११ बजे जाने मंगलबार (भोलि) दिउँसो साढे २ बजे खोप लिएर फर्किने कार्य तालिका छ ।
नेपाल वायुसेवा निगमका भाष्कर गौतमले मेरोन्युजसँग भने,“गत जेष्ठ १२ गते चीनले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेकोकामध्ये८ लाख डोज खोप लिन आज राति ११ बजे नेपाल वायु सेवा निगमलाई प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले निर्देशनमा लिन जान लागेको हो ।”
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसंगको टेलिफोन सम्वादपछि चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।
सरकारी निकायको सक्रियतामा कोभिड नियन्त्रण र उपचारका लागि विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको छ । थप दुई लाख खोप तिब्बत सरकारले उपलव्ध गराउने बताइएको छ । चीनले यसअघि अनुदानमा ८ लाख डोज भेरोसेल खोप उपलव्ध गराएको थियो ।








एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया