कोरोना संक्रमितलाई औषधि अभाव, पर्याप्त औषधि भएको अस्पताल प्रमुखको दाबी
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनु पर्ने औषधि नआएपछि अभाव भएको हो ।
सोमबार एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गरे । कोरोना संक्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएर काम चलाएको उनले बताए ।
सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ । जाँचपछि चिकित्सकले औषधिको सिफारिस गरे पनि अस्पतालमा औषधि नपाएर बजारमा रहेका निजी मेडिकलबाट किन्नु पर्ने अवस्था रहेको उनले बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बजारमा फैलिएको हल्लाजस्तो नभएको बताउँदै आइसोलेशनमा बसेका कोरोना संक्रमित बिरामीका लागि केही औषधि अभाव भए पनि अरु औषधि प्रर्याप्त रहेको दाबी गरे ।
“पुरानो केही औषधि सकिएको छ”, उनले भने, “नयाँ खरिद गरेको औषधि नेपालगञ्जमा आइपुगेकाले अबको दुई, चार दिनमा जिल्ला अस्पतालमा अभाव भएको औषधि पाइनेछ ।”
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया