कोरोना संक्रमितलाई औषधि अभाव

हुम्ला । कोरोना संक्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो ।
सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गरे । कोरोना संक्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएको उनले बताए । सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ ।
चेकजाँच पछि चिकित्सकले औषधिको सिफारिस गर्ने तर अस्पतालमा सो औषधि नपाएर बजारमा रहेका निजी मेडिकलबाट किन्नुपर्ने अवस्था रहेको उनले बताए । कोरोना पुष्टि भएपछि चिकित्सकले औषधिको सिफारिस गरेको तर नपाएर बाहिर महँँगोमा किन्नुपरेको छ । कोरोनाविरुद्ध प्रयोग हुने सबै औषधि सकिएको अस्पतालका एक जना स्वास्थ्यकर्मीले बताइन् ।
उता जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बजारमा फैलिएको हल्लाजस्तो नभएको तर आइसोलेशनमा बसी रहेका कोरोना संक्रमित बिरामीका लागि केही औषधि अभाव भएको अन्य सबै औषधि प्रर्याप्त रहेको दाबी गरे। “पुरानो केही औषधि सकिएको छ”, उनले भने, “नयाँ खरिद गरेको औषधि नेपालगञ्जमा आइपुगेकाले अबको दुई,चार दिनमा जिल्ला अस्पतालमा अभाव भएको औषधिको पनि पूर्ति हुनेछ ।”
आठ लाखको औषधि खरिदका लागि सप्लायर्स पनि छनोट भएर सम्झौता भइसकेकाले अब चाँडै औषधि जिल्लामा आइपुग्ने उनले बताए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया