जीर्ण पाइपका कारण खानेपानी चुहावट

काठमाडौं । सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वर्षौं पुरानो खानेपानीका पाइप नफेर्दा ठाउँठाउँमा पानी खेर गएको छ । जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान गएको छैन । दर्जनौँ स्थानमा पानीको फोहरा छुटेर खेर जाने गरे पनि मर्मतसम्भार छिटो नहुने गरेको गोकर्णेश्वरका स्थानीयवासी रामबहादुर श्रेष्ठ गुनासो गरे ।
खानेपानीका लागि लगिएको पानी पाइप जीर्ण भएर खेर जान्छ तर हामी मुहानस्थलमै बसे पनि हप्तादिनसम्म धारामा पानी नआउने गरेको उनले गुनासो गरे । मेलम्चीबाट ल्याएको पानीको ठूला पाइप घरमुनिबाट गए पनि मुहानस्थलकै स्थानीयवासीले खानेपानी पाएका छैनन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका कार्यालयप्रमुख उमेश मरहट्ठा पाइप पुरानो भएकाले ठाउँ ठाउँबाट चुहावट हुने गरे । चुहावटलाई तत्काल मर्मतसम्भार गर्ने गरे ।
मेलम्चीको पानी राजधानीमा वितरण शुरु गरेपछि महाँकालचौरसम्म पुरानै पाइपलाइनबाट पानी दिने गरी व्यवस्थित गरिएको लिमिटेडले जनाएको छ । बस्ती कम हुँदा सानो पाइपबाट काठ क्षेत्रमा पानी वितरण गरिएको थियो । बस्ती बढेपछि सानो पाइपबाट धेरै जनसङ्ख्यालाई पानी वितरण गरिँदा कतै आउने कतै नआउने हुने गरेको छ । ठूलो पाइपबाट पानी वितरण गर्न जाँच भइसकेको शाखाप्रमुख मरहट्ठाले जानकारी दिए ।
पहिले पाइप खेतबारीबाट लगिएको थियो सडक बनेको थिएन । सानो गोरेटोबाटोमात्र थियो । अब धेरै स्थानमा सडक बनिसकेकाले सडकबाट पाइप राख्न लागिएको लिमिटेडले जनाएको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्र जीर्ण भएकाले महाँकालचौरभन्दा माथिका धारामा धमिलो पानी आउने गरेको छ । यस क्षेत्रको धारामा पिउन त परै जाओस् घरायसी प्रयोजनमा समेत उपयोग गर्न नसकिने पानी आउने गरेको छ ।
कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला धारामा पानी नपाएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढाको ढुङ्गेधारामा जान बाध्य छन् । पानी खोज्न जाँदा कोरोना फैलने डर बढेको स्थानीयवासी रञ्जु पुडासैनीको गुनासो छ । लिमिटेडले तालिका बनाएर खानेपानीको व्यवस्था गरिदिए कोरोनाबाट बच्न सहज हुने भए पनि यसतर्फ स्थानीय सरकारका जनप्रतिनिधिलगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उनले जानकारी दिए ।रासस










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया