विश्वकप छनोट : आज नेपाल चाइनिज ताइपेइसँग भिड्दै

काठमाडौं । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत आज नेपालले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । आज कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले हाल सम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अंक बनाएको छ ।
कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ ।
सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेल अघि बताएका छन् । यस अघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो ।
कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो । नेपाल आज चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रने छ ।
चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हार विर्सन लक्ष्यका साथ नेपाल विरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ । छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रुपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।
फिफा वरियताको १ सय ४१ औ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१ औ स्थानमा रहेको नेपाल अहिले सम्म दुई पटक आमने सामने भएका छन् ।
यसअघि पनि नेपाल र ताइपेइबीचको हेड टु हेड
पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उत्तः खेलमा १–० ले पछि परेका अवस्था उल्ट्यादै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटमा भिडेका थिए । जहाँ नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया