माधव नेपाल पक्षको बैठक जारी, नयाँ पार्टी खोल्नेबारे छलफल हुँदै
मेरोन्यूज
२०७८ जेठ २० गते १४:०३

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भएका नेता माधव नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । तर, नेकपा एमाले कार्यालय सचिव शेर बहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही भएका अनधिकृत व्यक्तिले बोलाएको भनिएको बैठकमा सहभागी नहुन जानकारी गराएका थिए ।
भर्चुअल माध्यममार्फत १२ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो पार्टीभित्रको घटना क्रमबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टी एकता जोगाउन संस्थापन केपी शर्मा ओली पक्षका नेताहरूसँग छलफलमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसमेत सहभागी भएका छन् ।
बुधबार नेपाल पक्षका जन वर्गीय संगठनका प्रमुखसँग भएको छलफलमा अधिकांशले अलग पार्टी खोल्न नेता नेपाललाई दबाब दिएका थिए । आजको बैठकले यसबारे औपचारिक निर्णय हुने जनाइएको छ ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
नेपाल अमेरिकासँग पराजित
प्रतिक्रिया