माधव नेपाल पक्षको बैठक जारी, नयाँ पार्टी खोल्नेबारे छलफल हुँदै
मेरोन्यूज
२०७८ जेठ २० गते १४:०३

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भएका नेता माधव नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । तर, नेकपा एमाले कार्यालय सचिव शेर बहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही भएका अनधिकृत व्यक्तिले बोलाएको भनिएको बैठकमा सहभागी नहुन जानकारी गराएका थिए ।
भर्चुअल माध्यममार्फत १२ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो पार्टीभित्रको घटना क्रमबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टी एकता जोगाउन संस्थापन केपी शर्मा ओली पक्षका नेताहरूसँग छलफलमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसमेत सहभागी भएका छन् ।
बुधबार नेपाल पक्षका जन वर्गीय संगठनका प्रमुखसँग भएको छलफलमा अधिकांशले अलग पार्टी खोल्न नेता नेपाललाई दबाब दिएका थिए । आजको बैठकले यसबारे औपचारिक निर्णय हुने जनाइएको छ ।
सम्बन्धित









मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया