बुधबार, वैशाख ९, २०८३

रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)

मेरोन्यूज २०८३ वैशाख ८ गते २०:०४

काठमाडौं। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आज मंगलबार देखि सुरु भएको हो।पुल्चोकबाट रथ तानेर गस्बहाल पुर्‍याइएको छ ।

Advertisement
NiccNicc

परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना तस्बहाल मन्दिर र ६ महिना बुङ्मतीमा राख्ने चलन छ ।

रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ ।

नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।

प्रतिक्रिया