मंगलबार, वैशाख ८, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मेरोन्यूज २०७८ जेठ २० गते १६:००

काठमाडौं । पार्टी स्थायी समिति बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

Advertisement
NiccNicc

ओलीले बैठक साझ ६ वजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

उनका अनुसार यो बैठक नियमिति बैठक हो । बैठकमा कोभिड-१९ महामारी लगायत विषयमा छलफल हुनेछ ।

तर बैठकमा कुनै राजनीतिक निर्णय पनि हुन सक्ने बताईएको छ । प्रधानमन्त्री ओलीले हिजो साझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको, जनता समाजवादी पार्टी भित्रको विवाद लगायतमा अध्यादेृश लगायतका विषय पनि छलफलमा आउन सक्ने बताईएको छ ।

प्रतिक्रिया