३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

कास्की । बोधिसत्वा विहार काठमाडौंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासंघ कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत ३० लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्थानीय व्यवस्थापन संयोजक दीननाथ बरालले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल, कास्कीका चार गाउँपालिका, पत्रकार महासंघ कास्की, फोटो पत्रकार महासंघ गण्डकी प्रदेशसहितका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
पोखराका तीन अस्पताललाई १० लिटरको दुई/दुई र पाँच लिटरको तीन/तीनवटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको संयोजक बरालले बताए ।
यसैगरी अस्पताललाई एक/एक सय पिपिइ सेट, एक/एक कार्टुन औषधि, मास्क, स्यानिटाइजर, फिनेल, ह्याण्डवास, फेसशिल, अक्सोमिटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा. भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचन, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दबाडी, पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग गर्ने बताउँदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको बताए ।
















अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया