बागमती प्रदेश सरकारलाई हुवासिन सिमेन्ट उद्योगले दियो स्वास्थ्य सामग्री

काठमाडौँ । हुवासिन सिमेन्ट उद्योगले वागमती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई ८ थान अक्सिजन कन्सेप्टर र ५ सय थान एन्टिजेन किट उपलब्ध गराएको हो ।
कम्पनीले विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो । उद्योगले यसअघि ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ ।
उद्योगले कोरोना भाइरस (कोभिड १९) महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्य लाभ तथा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ । उद्योगले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया