कविता
कर्तव्य
गोविन्द लुइटेल
२०७८ जेठ २१ गते १६:०३

प्रभातका लाली क्यानभासमा पोख्न !
निर्माणको गोरेटो कोट्याउँदै चाडै उठ्नुपर्यो !!
कूची र छीनीले तिमीलाई खोज्दैछिन् !
चट्टानलाई कुदेर गरिदेऊ नव सिर्जना !!
कूचीलाई गोड्दा उम्रन्छन् रत्नका दाना !
आजैदेखि रोपौँ कर्तव्यका विरुवा !!
भोली सिर्जना लटरम्ब फल्नेछन् !
बुद्धि विवेक लगाएर गरौं लाखौं परिश्रम !!
हामीलाई क्यानभासले दिनेछिन् सिर्जना !
धातुले दिनेछिन् सालिक !!
यही देशको कलालाई गरौं बारम्बार चुम्मन !
कला नै देशको सम्पत्ति हो, कलाले के दिन बाँकी छ !!
पाखुरीलाई सोधी हेर !
छातीभित्र सृजना फूल्न बाँकी छ !!

कवि लुइटेल मोरङका खाद्य उद्योगी हुन् ।
सम्बन्धित
















रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया