कविता
कर्तव्य
गोविन्द लुइटेल
२०७८ जेठ २१ गते १६:०३

प्रभातका लाली क्यानभासमा पोख्न !
निर्माणको गोरेटो कोट्याउँदै चाडै उठ्नुपर्यो !!
कूची र छीनीले तिमीलाई खोज्दैछिन् !
चट्टानलाई कुदेर गरिदेऊ नव सिर्जना !!
कूचीलाई गोड्दा उम्रन्छन् रत्नका दाना !
आजैदेखि रोपौँ कर्तव्यका विरुवा !!
भोली सिर्जना लटरम्ब फल्नेछन् !
बुद्धि विवेक लगाएर गरौं लाखौं परिश्रम !!
हामीलाई क्यानभासले दिनेछिन् सिर्जना !
धातुले दिनेछिन् सालिक !!
यही देशको कलालाई गरौं बारम्बार चुम्मन !
कला नै देशको सम्पत्ति हो, कलाले के दिन बाँकी छ !!
पाखुरीलाई सोधी हेर !
छातीभित्र सृजना फूल्न बाँकी छ !!

कवि लुइटेल मोरङका खाद्य उद्योगी हुन् ।
सम्बन्धित













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया