सिनोभ्याकको खोपले पायो नेपालमा अनुमति, १० लाख डोज ल्याउने तयारी

काठमाडौँ । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई आपत कालीन प्रयोगका लागि अनमुति दिएको छ ।
सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रा.लि.ले पेश गरेको कागजातका आधारमा विभागले शुक्रबार उक्त खोपलाई नेपालमा अनुमति दिएको हो । विभागीय निर्णयअनुसार सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।
विभागले यसअघि चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको खोपलाई जुन २ तारिक आपत कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
यससँगै चीनमा उत्पादन भएका दुई खोपलाई डब्लुएचओले आपत कालीन प्रयोगको अनुमति दिएको हो । डब्लुएचओले यसअघि नै सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति दिएको थियो ।
सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरिएको थियो । ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनु पर्ने अवस्था नभएको बताइएको छ ।
उक्त खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन सक्ने डब्लुएचओले जनाएको छ । सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने छ । चीनले दुई चरणमा गरेर नेपाललाई १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपालाई अनुदान दिएको छ ।
तत्काल १० लाख डोज ल्याउने
विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रा.लि.ले आयातका लागि अनुमति मागेको छ । विभागले आयात अनुमति दिएसँगै उक्त कम्पनीले सिनोभ्याकको खोप नेपाल भित्र्याउने छ ।
विभागबाट प्रयोग अनुमति पाएसँगै आयात अनुमतिका लागि आवेदन दिइएको बायोमेटिक्स प्रा.लि.का निर्देशक बिके भण्डारीले बताए । बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज दुई हजार एक सय रुपैयाँ तोकेर विभागसमक्ष आयात अनुमति मागेको छ । उक्त मूल्यमा सबै खर्च समावेश भएको छ ।
“विभागले सिनोभ्याकको खोपको प्रयोगलाई अनुमति दिएसँगै कोभिड महामारी नियन्त्रण गर्न सरकार र जनतासमक्ष हातेमालो गर्न हामीले उक्त खोप जतिसक्दो चाँडो नेपाल ल्याउन आयात अनुमति मागेका छौँ’, उनले भने, “आइतबारसम्म आयात अनुमति पाउने अपेक्षा गरेका छौँ ।”
२० दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी आयात अनुमति मागेको उनले जानकारी दिए । “हामी उत्पादक कम्पनीसँग निरन्तर संवादमा रहेका छौँ, कम्पनीले २० दिनभित्र १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ”, निर्देशक भण्डारीले भने, “सबै प्रक्रिया सकेर २० दिनभित्र खोप नेपाल ल्याउछौँ ।”
नेपाल ल्याइने खोपको समूचित वितरणका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको उनले बताए । बायोमेटिक्सले १० लाख खोप भण्डारणका लागि काठमाडौँमा भण्डारण गृह पनि निर्माण गरिसकेको छ ।














Nine rhinos die in and around CNP in last six months
महोत्तरीमा थपिए ३७ मतदान केन्द्र
Local level closes schools to avoid severe cold in Kailali
वीरगञ्ज जनजीवन सामान्य बन्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
प्रतिक्रिया