४ जनाबाहेक एमालेका सबै हटाउने तयारी
विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्त नेम्वाङबाहेक सबै मन्त्री हट्ने
मेरोन्यूज
२०७८ जेठ २१ गते १८:०९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । शुक्रबार साँझ जनता समाजवादी पार्टी (जसपा)का महन्थ–राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउन लागिएकाे छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाउने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले रघुवीर महासेठलाई परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन् । यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए ।
सम्बन्धित













रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया