कोरियाले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । दक्षिण कोरिया सरकारले कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरियाले पठाएको ३६० थान अक्सिजन कन्सनट्रेटर आज नेपालले आइपुगेको छ ।
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोंग सुकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विशषेज्ञ रोशन पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा राजदूत सुकले दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका लागि २ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले कोरोना महामारी नियन्त्रणका लागि नेपाललाई जस्तोसुकै सहयोग गर्न पनि कोरिया तयार रहेको बताए ।
कोरोना नियन्त्रणका लागि गणतन्त्र कोरियाले गतहप्ता तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने जनाएको थियो । राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।










नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रतिक्रिया