कोरियाले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । दक्षिण कोरिया सरकारले कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरियाले पठाएको ३६० थान अक्सिजन कन्सनट्रेटर आज नेपालले आइपुगेको छ ।
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोंग सुकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विशषेज्ञ रोशन पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा राजदूत सुकले दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका लागि २ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले कोरोना महामारी नियन्त्रणका लागि नेपाललाई जस्तोसुकै सहयोग गर्न पनि कोरिया तयार रहेको बताए ।
कोरोना नियन्त्रणका लागि गणतन्त्र कोरियाले गतहप्ता तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने जनाएको थियो । राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया