जनप्रतिनिधी र कर्मचारीद्धारा ‘कन्सन्ट्रेटर’ सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन् ।
जनप्रतिनिधीले पाउने सुविधाबाट आधा महिनाको रकम र कर्मचारीले स्वेच्छिक नगद सङ्कलन गरेर जुटाएको रकमबाट छ थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराएका हुन ।
नगर उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुवेदीले शुक्रबार बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
कोरोना भाइरसबाट सङ्क्रमित भएकाको उपचारका लागि प्रयोग गरिने कन्सन्ट्रेटर महामारी पछि स्वास प्रस्वास सम्बन्धी समस्या भएका अन्य रोगका बिरामीको उपचारमा उपयोग गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जनप्रतिनिधी र कर्मचारीहरुबाट सङ्कलित रकमबाट चार लाख ८० हजार रुपैयाँ खर्चेर प्रति मिनेट पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई उपलब्ध गराएको बताए ।
अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य उपकरण पनि उपलब्ध गराइने उनले बताए । नगरपालिकाले अस्पतालमा बीस शय्या क्षमताको आइसोलेसन स्थापना गर्न करिब सात लाख रुपैयाँ खर्च गरेको छ ।
माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेसन सञ्चालन, टोल टोलमा पुगेर लक्षण देखिएकाको स्वाब सङ्कलन र एन्टिजेन परिक्षण, सङ्क्रमितलाई अस्पताल र स्वास्थ्य संस्था पुग्न तथा घर फर्कन निःशुल्क गाडीको व्यवस्था मिलाइएको छ ।
होम आइसोलेसनमा बसेका सङ्क्रमितको अवस्था बुझ्न, मनोबल बढाउन र जनचेतना अभिवृद्धिका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले घरदैलो गरेका छन् ।
यसैगरी माउन्ट हर्ट नेपाल संस्थाले शुक्रबार म्याग्दीको मालिका गाउँपालिकालाई १२ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको पहलमा सो सामग्री सहयोग प्राप्त भएको हो । त्यसमा सात थान अक्सिजन कन्सन्ट्रेटर, सात थान भोल्टेज रेगुलेटर लगायत सामग्री छन् ।
माउन्ट हर्ट नेपालले यसअघि बिहिबार मुस्ताङको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई दुई/दुई वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपकरण लगायत स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया