सोमबार, चैत ९, २०८२

माधव-झलनाथ अझै छलफलमै

समानान्तर कमिटिका पदाधिकारीसँगको छलफल लगत्तै स्थायी समिति बैठक बोलाइयो

विहान ११ बजे समानान्तर जिल्लाका पदाधिकारीसँग छलफल गर्न लागेका नेपाल-खनालले त्यसलगत्तै दिउँसो १ बजे स्थायी समितिको बैठक बोलाएका छन्

मेरोन्यूज २०७८ जेठ २२ गते ९:०७

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । सत्तारुढ दल एमालेको विद्रोही पक्ष माधव नेपाल र झलनाथ खनाल समुहले आज स्थायी समिति बैठक बोलाएको छ । दिउँसो १ बजे स्थायी समिति बैठक बोलाइएको नेता बेदुराम भुषालले जानकारी दिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली पक्षसँग विद्रोह गरेर नयाँ पार्टी खोल्ने या एमालेभित्रै रहेर ओली पक्षसँगको संघर्षलाई जारी राख्नेबारे नेपाल पक्षमा दुई धार देखिएपछि नेता नेपाल ले दुइ दिनसम्म आफु पक्षिय केन्द्रीय सदस्यहरुको बैठक बोलाएको थियो । भर्चुअल बैठक पछि आज स्थायी समिति बैठक बोलाएको हो ।

स्थायी समिति बैठक अगाडी खनाल नेपाल पक्षले जिल्ला जिल्लामा बनाएको समानान्तर संरचनाका पदाधिकारीसाग छलफल हुन लागेको छ । नेता नेपालले समानान्तर कमिटिका पदाधिकारीसाग विहान ११ बजे भर्चुअल छलफल गरेपछि दिउँसो १ बजेका लागि स्थायी समिति बैठक बोलाएका हुन् ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो। तर औपचारिक बार्ताका लागि भने वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल लगायतका केन्द्र देखि तल सम्मका नेता कार्यकर्तामाथी गरिएको कारवाही फुकुवा गर्नुपर्ने निश्कर्ष पनि नेपाल पक्षको छ ।

यो समुहमा नेताहरु योगेश भटटराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल अझै पनि सम्वाद गरेर एमाले मिलाउन सकिन्छ भने अन्तिमसम्म पनि प्रयास जारी राख्नुपर्ने बताउादै आईरहेका छन् ।

नेता भटटराईले त ओलीले टेक्ने ठाँउ दिँदा सम्म एमालेभित्रै रहेर संर्घष गर्नुपर्ने र पार्टी कब्जा गर्नुपर्ने धारणा राखेका थिए । तर भीम् रावल, मुकुन्द न्यौपाने, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु भने ओलीसँग झुक्नै नुहने पक्षमा उभिएका छन् ।

यो टोलीले अव पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

ओलीले एमाले मिलनका लागि पहिले सर्वाेच्चमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै वुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त नेपाल पक्षले नमान्ने प्रष्टाईसकेको छ ।

समानान्तर जिल्लाका पदाधिकारीसँगको छलफल पछि बस्ने स्थायी समितिले ठोस धारणा तय गरेर केन्द्रीय समिति लगायतका निर्णय सार्वजनिक गर्ने तयारी नेपाल पक्षको छ ।

प्रतिक्रिया