आयुर्वेद चिकित्सक भन्छन्- जडिबुटी मात्रा मिलाएर खाऔं

काठमाडाैं । गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ ।
गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले आज जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताए ।
भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधि दिने पाँच लाख आरोग्य धाम निर्माण भएको पनि उनले जानकारी दिए । त्यस्ता धाम नेपालमा पनि खोलिनुपर्ने उनको भनाइ थियो । मानिसको दैनन्दिनी, के खाने ? के नखाने ? जस्ता विषयमा ध्यान दिएर पनि कोरोनाजस्ता महामारीबाट बच्न सकिने आयुर्वेदका चिकित्सकको सुझाव छ ।
कोरोनाका बिरामी राखिएका अस्पतालका नर्सले पनि योग र प्राणायाम गराएका उदाहरण सुनाउँदै चिकित्सक कोइरालाले सूर्य नमस्कार, हिँडडुलजस्ता योग आसन एवं व्यायामले पनि मानव शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए । गर्मी बढेको अहिलेको समयमा सुठो, मरिच, पिप्ला मिसाएर मुखमा राखे घाँटीको खसखस ठिक गर्ने, ज्वानु, मरिच राखेर वाफ लियो भने नाक र घाँटीमा रहेका कीटाणुलाई निकाल्न सकिने उपचार विधि छ ।
कागती र फलफूलले शरीरलाई शुद्ध गर्न काम गर्ने भएकाले यसको पनि नियमित सेवन गरिनुपर्ने सल्लाह उनले दिए । मूला, फर्सीको बीउ, आलस, मधिशे बदाम, काजुजस्ता चीजबीजको प्रयोगले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । दैनिक एक चम्चा घिउले पनि एण्टी अक्सिडेण्टका रुपमा काम गर्ने भएकाले सेवन गर्न हुने चिकित्सकको सल्लाह छ ।
महामारीको यो बेलामा गेडागुडीका परिकार धेरै खान सुझाव दिइएको छ । तुलसी, बाबरी, घोडटाप्रे, रुधिलोजस्ता जडिबुटीले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । पखाला लाग्दा ज्वानु र मरिचपानीमा उमालेर जीवनजल राखी खान सकिने चिकित्सक कोइरालाले बताए । समाजका उपाध्यक्ष महेश पराजुलीले महामारीका बेला अन्तरक्रिया नियमित रुपमा गरिने जानकारी दिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया