अण्डरवेयरमा लुकाएको ३ लाख सहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २३ गते १७:४९

पर्सा । हुन्डी कारोबारको ३ लाख रुपैया सहित वरिगञ्जबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई पक्राउ गरेको हो ।
शुक्राबार वीरगञ्ज महानगरपालिका–१६ ईनर्वाचोक स्थित भारत रक्सौलबाट ना २८प ५७५ नम्बरको मोटरसाइकलमा वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा अण्डरवेयरमा लुकाईछिपाई राखिएको ३ लाख रुपैयाँ सहित गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका गुप्ताविरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया