अमेरिकामा कामदारको अभाव, आपूर्तिमा कठिनाई

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक संकट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र तीव्र गतिमा अघि बढेको छ । कोभिडको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्रमा कामदारको अभाव भएको छ ।
अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्ने गरी सामानको आपूर्ति गर्न सकेको छैन । फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनले भने, ‘अहिले परिस्थिति विस्फोटक छ, अर्थात् बत्ती बाल्नु जत्तिकै छ ।’
उनले भने, ‘श्रम बजार नियन्त्रण बाहिर छ, हामीले प्राविधिक भेट्टाउन सकेका छैनौं, हामीले यति चाँडै बजार खोल्यौँ कि हामी सायद तयार नै थिएनौँ ।’
धेरै पक्षबाट विचार गर्दा खुशी हुनुपर्ने कारणहरू छन् : अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चबीचको अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासिक अवधिमा अर्थतन्त्र झण्डै दोब्बर अंकले वृद्धि हुँदैछ ।
रोजगारीका क्षेत्रमा गत मे महिना पाँच लाख ५९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । गत अप्रिल महिनामा यस्तो रोजगारी दुई लाख ७८ हजार मात्र थप भएको थियो ।
त्यस्तै, अमेरिकी कारखानामा पनि आपूर्ति र कामदारको कमीकै बाबजूद उच्च क्षमतामा सञ्चालन हुन थालेका छन् । सप्लाई म्यानेजमेन्ट इन्स्टिच्यूटको सूचक पनि गत महिना ६१.२ बिन्दुमा पुगेको थियो । यो सूचकले ५० बिन्दुभन्दा माथि भएमा वृद्धि जनाउँछ ।
अमेरिकामा प्रमुख १८ मध्ये १६ वटा कम्पनीले पर्याप्त आपूर्ति गर्न नसकेको जनाएको इन्स्टिच्यूटको भनाई छ ।
















ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया