स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ लाखसम्म जरिवाना (पूर्णपाठ)

काठमाडौँ । स्वास्थ्यकर्मीमाथी कुटपिट तथा हातपात गरे ३ वर्षसम्म कैद र ३ लाख रुपैयाँ वा दुवै सजाय हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा यस्तो व्यवस्था गरिएको छ ।पछिल्लो समय कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरूमा आज भएको नयाँ ऐनको दफा ३ अन्तर्गत कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्य संस्था वा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीविरुद्ध घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रूपमा आघात पु¥याउने काम गर्न नपाउने अध्यादेशमा भनिएको छ ।
यसैगरी, दफा ३ (क)मा स्वास्थ्य संस्थामा आगजनी गरेमा २ वर्षदेखि ५ वर्षसम्मको जेल वा २ लाखदेखि ५ लाखसम्म वा दुवै जरिवाना हुने अध्यादेश उल्लेख छ । सोही दफाको (ख)मा स्वास्थ्य संस्थामा तोडफोड वा हानी नोक्सानी गरेमा वा (ग)मा स्वास्थ्य संस्थामा उपचारका कर्मचारीलाई कुटपिट गरेमा तीन वर्षसम्म कैद र ३ लाख रुपैयाँ वा दुवै हुने अध्यादेशमा उल्लेख छ ।
स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यररत कर्मचारीलाई हातपात गरेमा वा कुनै किसिमका धम्की वा गाली गलौच गरेमा एक वर्षसम्म जेल र एक लाख जरिवाना वा दुवै सजाय हुने समेत अध्यादेशमा भनिएको छ ।
यो अध्यादेशलाई चिकित्सकहरूले स्वागतसमेत गरेका छन् । पछिल्लो समय कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि पटक–पटक भौतिक आक्रमण तथा दुव्र्यवहारका घटना बढ्न थालेपछि सरकारले दोषीलाई कारबाही गर्न अध्यादेश जारी गरेको छ ।
यो अध्यादेशले स्वास्थ्यकर्मी र चिकित्सकहरूमाथि हुने आक्रमण कम हुने चिकित्सकहरूको आशा व्यक्त गरेका छन् । नेपालमा स्वास्थ्यकर्मीहरूमाथि आक्रमणको घटनाहरू २०६२ सालबाट देखिएको थियो ।










भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया