९० वर्षीय वृद्धाले जितिन् कोरोना
काठमाडौँ । कोरोना निको भएपछि बागलुङ नगरपालिका १३ पैँयूपाटा सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट घर फर्किएकी छन् । उनलाई धवलागिरि अस्पतालको हाइ डिपेन्डेन्सी युनिट शय्यामा राखेर उपचार गरिएको थियो ।
कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजिन परीक्षणमा गत जेठ ९ गते उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति खराब बन्दै गएपछि उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन् ।
एघार दिनसम्मको चिकित्सकीय निगरानी र उपचारपछि पौडेललाई स्वास्थ्य लाभ मिलेको हो । स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरलले बताए ।
अस्पताल पुग्दा उनको शरीरमा अक्सिजनको मात्रा घटेर ७६ मा पुगेको थियो, पखाला, ज्वरोसहितका कडा लक्षण थिए, श्वासप्रश्वासमा समस्या थियो । “उनलाई एचडियूमा अक्सिजन दिएर उपचार गर्यौं, त्यो उमेरमा पनि चाँडै सुधार भयो, यसलाई राम्रो मान्नुपर्छ”, प्रमुख चिकित्सक पोखरेलले भने ।
पौडेलले यसअघि उच्च रक्तचाप र नशासम्बन्धी रोगको औषधि सेवन गर्दै आए पनि कुनै गम्भीर खालको स्वास्थ्य समस्या भने थिएन । सोही वडाको ठूलाखेतमा छोरा चन्द्रप्रसादसँग बस्दै आएकी पौडेल परिवारका अन्य सदस्य बिरामी पर्न थालेपछि संक्रमणको जोखिमबाट बच्न जेठ ४ गते सिम्लेमा बस्ने अर्का छोरा भवानीकहाँ बस्न थालेकी थिइन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया