९० वर्षीय वृद्धाले जितिन् कोरोना
काठमाडौँ । कोरोना निको भएपछि बागलुङ नगरपालिका १३ पैँयूपाटा सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट घर फर्किएकी छन् । उनलाई धवलागिरि अस्पतालको हाइ डिपेन्डेन्सी युनिट शय्यामा राखेर उपचार गरिएको थियो ।
कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजिन परीक्षणमा गत जेठ ९ गते उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति खराब बन्दै गएपछि उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन् ।
एघार दिनसम्मको चिकित्सकीय निगरानी र उपचारपछि पौडेललाई स्वास्थ्य लाभ मिलेको हो । स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरलले बताए ।
अस्पताल पुग्दा उनको शरीरमा अक्सिजनको मात्रा घटेर ७६ मा पुगेको थियो, पखाला, ज्वरोसहितका कडा लक्षण थिए, श्वासप्रश्वासमा समस्या थियो । “उनलाई एचडियूमा अक्सिजन दिएर उपचार गर्यौं, त्यो उमेरमा पनि चाँडै सुधार भयो, यसलाई राम्रो मान्नुपर्छ”, प्रमुख चिकित्सक पोखरेलले भने ।
पौडेलले यसअघि उच्च रक्तचाप र नशासम्बन्धी रोगको औषधि सेवन गर्दै आए पनि कुनै गम्भीर खालको स्वास्थ्य समस्या भने थिएन । सोही वडाको ठूलाखेतमा छोरा चन्द्रप्रसादसँग बस्दै आएकी पौडेल परिवारका अन्य सदस्य बिरामी पर्न थालेपछि संक्रमणको जोखिमबाट बच्न जेठ ४ गते सिम्लेमा बस्ने अर्का छोरा भवानीकहाँ बस्न थालेकी थिइन् ।








एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया