आजको राशिफलः ज्येष्ठ २४ गते सोमबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको २४ गते सोमबार, ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि । आज सोम प्रदोषव्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
परिवारमा कटुता देखा पर्ने छ । धन सम्पत्तिका विषयमा तनाव उत्पन्न हुने छ । पेशागत जीवन भने अनुकुल रहने छ । नरम खालको व्यक्तित्व र स्वाभाव हुने भएकाले यसले अरुसँगको बोलचाल वा संगतमा सहजता ल्याउने छ । बोलीमा भने रुखोपना आउन जाँदा कतिपय अवस्थामा भने सम्बन्धमा तिक्तता निम्तिने छ । गिटी, वालुवा, सिमेण्ट, निर्माणका सामग्री, फलामका वस्तुहरु, ठेक्कापट्टा, ग्यारेज जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।
वृष
आम्दानीमा भने केही बृद्धि देखिने छ । सुख, सुविधाको उपभोग गर्न मिल्ने छ । आत्माविश्वासी व्यक्तित्व हुने छ । मनमा भने सन्तोष र खुशी प्राप्त हुने छैन् । मनलाई नियन्त्रित गर्न धार्मिक आध्यात्मिक मार्गलाई अवलम्बन गर्दा फाइदा मिल्ने छ । साझेदारीमा रहेका कामहरुमा अबरोध देखा पर्ने छ । पेशागत जीवन मध्यम खालको रहने छ । निर्माण जगत, श्रम क्षेत्र, राजनीति, व्यवस्थापन, फोहर ब्यवस्थापन, कवाडीका सामानको व्यापार जस्ता क्षेत्रको व्यापारमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
मिथुन
परिवारमा बिबाद र समस्या आउने भएकाले उच्च सतर्कतासहित संयमित रहनु होला । बोलीको प्रभावमा गिरावट आउने छ । बुद्धि र चतुरताको कमि हुन जाने छ । समय संयमित रहनु पर्ने खालको छ । आम्दानीमा भने केही सकारात्मकता देखिने छ । भाग्यको साथ नरहेकाले सकारात्मक नतिजाहरु प्राप्त हुन कठिन हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा फाइदा मिल्ने छ । शैक्षिक क्षेत्र, अध्यापन, शिक्षण, पत्रकारिता जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहेको छ ।
कर्कट
संयमित भएर अघि बढ्नु पर्ने समय छ । मनोबल कमजोर हुनेछ । दुविधात्मक ब्यक्तित्व बन्ने हुँदा जताततै अन्योलता जस्तो देखा पर्ने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन कठिन हुने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ । रेष्टुरेण्ट, होटल, डान्सबार, बाउन्सर, सेक्युरिटी क्षेत्र, सुरक्षा निकाय आदी क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।
सिंह
शारीरिक रुपमा चोट पटक तथा स्वस्थ्य अवस्थामा आउने समस्याका कारण अस्पतालको खर्च गर्नु पर्ने अवस्था आउन जाने छ । भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोषको अभाव हुने छ । घर घडेरी बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने भएकाले सतर्क रहनु होला । वा घर घडेरीको विषयमा घाटा लाग्ने तथा बिबाद चर्किने अवस्था आउने छ । साझेदारीमा गरिएका काममा द्वन्द देखा पर्ने छ । समय संयमित भएर हिड्नु पर्ने खालको छ । ब्यापार तथा व्यवस्थापनमा संलग्नहरुलाई भने समय धेरै नकारात्मक बन्ने छैन् ।
कन्या
साझेदारीका कामहरुमा कठिनाई उत्पन्न हुने छ । दाम्पत्य जीवनमा समस्या आउने भएकाले संयमित रहनु होला । मनमा दुविधाले सताउने छ । मनमा देखा पर्ने अशान्ति तथा पिरलोलाई शान्त पार्न ध्यान, जप तप, योगाभ्यास तथा भजन श्रवण गर्ने तर्फ जाँदा फाइदा मिल्ने छ । भाग्यको साथ रहेकाले व्यवस्थापन, स्टेशनरी, वाणिज्य क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय धेरै प्रतिकुल भने बन्ने छैन् । आयात निर्यात, ब्यापार, पानीको कारोवार, कोल्ड ड्रिङ्स, आइसक्रिम आदी क्षेत्रमा सहभागिहरुलाई समय प्रतिकुल रहने छ ।
तुला
साझेदारीमा गरिएका काममा प्रगति हुन जाने छ । यसबाट फाइदा मिल्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफलमुलक बन्ने छ । तर पितासँग भने सोचाई नमिल्दा बिबाद देखा पर्ने छ । आफ्नो कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने भएकाले यसबारेमा संयमित भएर अघि बढ्नु होला । पेट्रोलिय पदार्थको कारोवार, श्रम आपूर्ति, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
वृश्चिक
निर्णय क्षमतामा धेरै गिरावट आउने छ । मनमा नकारात्मक भावनाले सताउने छ । मनमा दुविधाले अत्याधिक सताउने भएकाले धार्मिक आध्यात्मिक उपायहरुमा ध्यान केन्द्रीत गर्दा राम्रो हुने छ । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल थोरै प्राप्त हने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले ध्यान दिनु होला । सकभर विवादमा फस्दै नफस्नु नै उत्तम हुने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, सुरक्षा निकाय, जलविद्युत, खेलाडि, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहने छ ।
धनु
भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । अध्ययन अध्यापनमा पटक्कै मन जाने छैन् । सन्तान सुख प्राप्त हुने छैन् । शारीरिक कमजोरी अध्याधिक बढ्न जाने र रगतजन्य समस्याले च्याप्न खोज्ने भएकाले शारीरिक अभ्यास र योगाभ्यासमा अनुशासित भएर संलग्न भएमा फाइदा मिल्ने छ । बोलीमा कडापन बढ्न पुग्ने भएकाले यसप्रति संयमित रहनु होला । वाणिज्य, ब्यापार, व्यवस्थापन, पत्रकारिता, लेखन, स्टेशनरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । राजनीति र ठेक्कापट्टामा रहेकाहरुलाई भने अनुकुल नै रहने छ ।
मकर
व्यक्तित्वमा दृढता आउने छ । तर रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान पुर्याउनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा कार्य सफलता मिल्ने छ । साझेदारीमा गरिएका काममा गम्भीरखाले बिबाद देखा पर्ने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा पनि समस्या देखा पर्ने छ । ब्युटिसियन, सौन्दर्यका प्रशाधन, घरायशी सामानको कारोवार, भान्साको सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई समय प्रतिकुल छ ।
कुम्भ
प्राज्ञिक, बौद्धिक क्षेत्र, लेखन, काउन्सेलिङ्ग, धार्मिक क्षेत्र आदीमा संलग्नहरुलाई फाईदा मिल्ने छ । ज्ञान विज्ञानको क्षेत्रमा प्रगति हुने छ । अध्ययन अध्यापनमा पर्याप्त मन जाने छ । मेहनत र पराक्रमी स्वाभावमा गिरावट आउने छ । मनमा सुखको शान्ति हुने छ । सन्तानबाट सुख प्राप्त हुनेछ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने भएकाले अरुले हेप्ने छन् ।
मीन
ब्यापारमा संलग्नहरुलाई यो समय प्रतिकुल छ । बोलीमा नरमपना देखिने भएकाले अरुले संगत गर्न सहज महशुस गर्ने छन् । यसबाट अरुमा प्रभाव छोड्न मद्दत पुर्याउने छ । परिवारको पूर्ण साथ रहने छ । पेशागत जीवनमा भने समस्या आउने भएकाले विचार पुर्याउनु होला । अध्यापक, शिक्षण, शिक्षा क्षेत्र, स्टेशनरी, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय चुनौतिपूर्ण रहेकाले संयमित हुनु होला । पढाईमा पनि मन नजाने भएकाले विद्यार्थी जीवनमा रहेकाहरुको अध्ययनमा बाधा आउने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८









एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया