बूढानीलकण्ठमा मंगलबारदेखि खोप लगाइने
मेरोन्यूज
२०७८ जेठ २४ गते १२:०६

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड–१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ ।
नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । ती खोप गणेश मावि वडा नं २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ । रासस
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया