सोमबार, जेठ ५, २०८२

नेता नेपाल भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास

मेरोन्यूज २०७८ जेठ २४ गते १२:३०

काठमाडौँ । नेकपा माओवादी क्रेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेबाट निष्कासित नेता माधव नेपाललाई भेटर देउवा निवास पुगेका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास पुगेका हुन् ।

प्रचण्ड सोमबार बिहान नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । उनी नेपालसँग करिब ३० मिनेट बसेका थिए ।

आइतबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने हस्ताक्षर फिर्ता गरे पार्टी विं.सं. जेठ ३ को अवस्थामा फर्किने प्रस्ताव पेश गरेका थिए ।

सो गठबन्धनमा नेकपा एमालेका नेता नेपाल पक्षका २३ जना विघटित प्रतिनिधिसभाका सांसदले हस्ताक्षर गरेका थिए ।

नेपाल समूहले ओलीले राखेको प्रस्तावबारे धारणा बनाउन छलफलमा बस्न लागेको बेला नेपाल भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् ।

प्रतिक्रिया