प्रदेश २ मा जसपाका ठाकुर पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ २४ गते १२:४२
काठमाडौँ । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेश सांसदहरूको बैठक सुरु भएको छ । आगामी रणनीति बनाउन जितेन्द्र सोनलले बैठक बोलाएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले ठाकुर–महतो पक्षका ४ मन्त्री हटाएर कांग्रेसलाई सरकारमा ल्याउने तयारी गरेका थिए । तत्कालीन राजपाका संसदीय दलका नेतासमेत रहेका जितेन्द्र सोनलको नेतृत्वमा दलको बैठक बसिरहेको छ ।
आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान बहुमतले पारित गर्दै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई बहुमतले चयन गरेका छन् ।
प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै छ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया