वीर अस्पतालको सर्जिकल भवनमा १८ वटा आइसीयू बेड थप गरिने

काठमाडौं । वीर अस्पताल (कोरोना युनिफाइड अस्पताल) को नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितका लागि १८ वटा आइसीयू बेड थपिने भएको छ ।अस्पतालका प्रमुख डा.जागेश्वर गौतमले नयाँ सर्जिकल भवनमा १८ वटा आइसीयू बेड थप गर्ने तयारी भएको जानकारी दिए । यसअघि वीर अस्पतालमा ९ वटा आइसीयू बेड कोरोना संक्रमितका लागि सञ्चालन गरिएको थियो।
‘नयाँ भवनमा अबको एकसाता भित्रमा नै अक्सिजन प्लान्ट जडान हुन्छ,’ उनले भने, ‘अक्सिजन प्लान्ट जडानसँगै आइसीयू बेड पनि तयार हुन्छ। नयाँ भवनमा अक्सिजन सपोर्टमा राख्नपर्ने बिरामीलाई सहज हुन्छ।’
उनका अनुसार पहिला अस्पतालमा ९ वटा आइसीयू बेड रहेको थियो अहिले थप ६ बेड थप गरेर १५ बेड पुगेको छ । अब थप नयाँ १८ वटा बेड थपेर ३३ वटा पुग्ने छ । अस्पतालमा हाल १५ वटा आइसियू बेड रहेको छ। उनले भने, ‘वीर अस्पतालमा आइसीयू थप हुँदा बिरामीले सरकारीमा बेड नपाएर निजीमा महंगो शुल्क तिर्नपर्ने बाध्यता कम हुन्छ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया