वीर अस्पतालको सर्जिकल भवनमा १८ वटा आइसीयू बेड थप गरिने

काठमाडौं । वीर अस्पताल (कोरोना युनिफाइड अस्पताल) को नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितका लागि १८ वटा आइसीयू बेड थपिने भएको छ ।अस्पतालका प्रमुख डा.जागेश्वर गौतमले नयाँ सर्जिकल भवनमा १८ वटा आइसीयू बेड थप गर्ने तयारी भएको जानकारी दिए । यसअघि वीर अस्पतालमा ९ वटा आइसीयू बेड कोरोना संक्रमितका लागि सञ्चालन गरिएको थियो।
‘नयाँ भवनमा अबको एकसाता भित्रमा नै अक्सिजन प्लान्ट जडान हुन्छ,’ उनले भने, ‘अक्सिजन प्लान्ट जडानसँगै आइसीयू बेड पनि तयार हुन्छ। नयाँ भवनमा अक्सिजन सपोर्टमा राख्नपर्ने बिरामीलाई सहज हुन्छ।’
उनका अनुसार पहिला अस्पतालमा ९ वटा आइसीयू बेड रहेको थियो अहिले थप ६ बेड थप गरेर १५ बेड पुगेको छ । अब थप नयाँ १८ वटा बेड थपेर ३३ वटा पुग्ने छ । अस्पतालमा हाल १५ वटा आइसियू बेड रहेको छ। उनले भने, ‘वीर अस्पतालमा आइसीयू थप हुँदा बिरामीले सरकारीमा बेड नपाएर निजीमा महंगो शुल्क तिर्नपर्ने बाध्यता कम हुन्छ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया